स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै ‘बिजनेस एट स्कुल’ कार्यक्रमको शुभारम्भ

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १९:४३
स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै ‘बिजनेस एट स्कुल’ कार्यक्रमको शुभारम्भ

विराटनगर । मोरङको बुढीगंगास्थित नरग्राम माध्यमिक विद्यालयमा ‘बिजनेस एट स्कुल’ कार्यक्रम शुभारम्भ भएको छ । 

उद्योग संगठन मोरङले युवाहरूलाई उद्योग व्यवसाय क्षेत्रमा प्रेरित गरी स्वदेशमै स्वरोजगार र रोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्यका साथ ‘बिजनेस एट स्कुल’ कार्यक्रमको शुभारम्भ गरेको जनाएको छ । 

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले परिवर्तित समयसँगै युवाहरूको सीप र दक्षता अभिवृद्धि गर्न मार्ग दर्शन आवश्यक भएकाले संगठनले यो अवधारणा अघि सारेको बताए । उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउनेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले स्थानीय तह यस्ता कार्यक्रमप्रति सदैव सकारात्मक रहेको र युवालाई स्वदेशमै सम्भावनाको बाटो देखाउने यो पहल स्थानीय तहका लागि गर्वको विषय भएको बताए ।

सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुँयालले शैक्षिक ज्ञानसँगै वास्तविक क्षेत्रको अनुभव आवश्यक हुनेमा जोड दिँदै यस कार्यक्रमले शिक्षालाई व्यवहारिकताको दिशामा उन्मुख गराउने विचार व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरप्रसाद कोइराला र प्रधानाध्यापक कैलाश केसीले विद्यालयमा सुरु भएको यो अभियानले कक्षा कोठाको सिकाइलाई जीवनउन्मुख बनाउने र विद्यार्थीको भविष्य निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बिजनेस एट स्कुलले विद्यार्थीलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्ष रूपमा बुझाउने, विषयगत विज्ञबाट काउन्सिलिङ प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण कौशलहरू सिकाउने अवसर उपलब्ध गराउँछ ।

सो अवसरमा करियर काउन्सिलिङ, सीप तथा उत्पादन प्रदर्शनी, लाइभ तालिम, बिजनेस आइडिया प्रस्तुति तथा सफल उद्यमीहरूको अनुभव साटासाट गरिएको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.