एनपीएल फाइनल: सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भोलि भिड्ने

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार १०:२४

काठमाडौँ। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे फाइनल खेल सुरु हुनेछ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान बनाएको हो। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ।

लिग चरणमा भएको यी दुई टोलीबीचको भिडन्तमा भने सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको यस प्रतियोगिताको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टोलीले रु ५१ लाख, तेस्रो हुने टोलीले रु २५ लाख र चौथो टोलीले रु १५ लाख प्राप्त गर्नेछन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.