एनपीएल : प्रधानमन्त्रीको शुभकामना: ‘यस उत्सवले सिंगो देशलाई जिताएको छ’

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १२:००

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छन्।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री कार्कीले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना व्यक्त गरेकी हुन्।

‘सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना । यस उत्सवले सिंगो देशलाई जिताएको छ, जगाएको छ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्‍याएको छ।’

दिउँसो साढे ३ बजे हुने यो महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्सको कप्तानी नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।

यो खेल जसले जितेपनि एनपीएलले यस संस्करणमा नयाँ च्याम्पियन पाउनेछ। सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ हुँदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। पहिलो संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो। जनकपुर बोल्ट्स भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.