
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ । उपाधि दौडमा सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्स छन् । फाइनल खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले एनपीएल ट्रफीसँगै १ करोड १० लाख प्राप्त गरेको थियो । गतसिजनको उपविजेता सुदूरपश्चिमले ५१ लाख पाएको थियो ।
यस पटकको विजेताले १ करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५१ लाख हात पार्नेछ ।
पहिलो संस्करणमा तेस्रो भएको टिमले २५ लाख र चौथो भएकोले १५ लाख प्राप्त गरेको थियो । तेस्रो भएको विराटनगर किंग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख प्राप्त गर्नेछन् ।
लिगको उत्कृष्ट १ नेपाली खेलाडीले ओमोडा कार पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करण सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार पुरस्कार जितेका थिए ।

























