इटहरीमा कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने 

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १७:५४
इटहरीमा कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने 

इटहरी । सुनसरीको इटहरीमा ‘तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईको स्मृतिमा तेस्रो संस्करणको फुटबल प्रतियोगिता आगामी फागुन २ देखि ९ गतेसम्म हुने भएको छ ।

आयोजक द योङ ब्रदर्श क्लब इटहरीले शनिबार पत्रकार सम्मेलन गरी अघिल्ला २ वटा संस्करण प्रदेश स्तरीय भए पनि यस पटकदेखि भने अन्तर्राष्ट्रिय स्तरको गर्ने क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिता गर्नुको मुख्य कारण खेलाडी उत्पादन रहेको बताए ।

पछिल्लो समय इटहरीमा फुटबल खेलाडीको अभाव भएको महसुस गरी त्यसलाई पूर्ति गर्न प्रतियोगिता गर्नुको मुख्य उद्देश्य रहेको केसीले बताए । इटहरीबाट फुटबल खेलाउँदा पछिल्लो समय अरूतिरका खेलाडी बटुलेर ल्याउनुपर्ने बाध्यता छ ।

यस्तो बाध्यताको अन्त्य गरी इटहरीका नयाँ पुस्तालाई ऊर्जा थपेर खेलकुदप्रति आकर्षित गर्न खेलकुद गतिविधि सञ्चालन गर्न लागिएको उनले प्रस्ट पारे ।

प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका ८ टोलीको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा रूपान्तरण भएसँगै विजेता टोलीले ४ लाख ४ हजार  र उपविजेता टोलीले २ लाख २ हजार २ सय रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

प्रत्येक दिन प्लेयर अफ द म्याच हुने खेलाडीले ७ हजार रुपैयाँ पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्ताले जनही १३ / १३ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता आयोजना गर्न ३० लाख अनुमानित खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.