लैंगिक हिंसाविरुद्ध ओरेन्ज कप क्रिकेट प्रतियोगिता

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार २०:४१
लैंगिक हिंसाविरुद्ध ओरेन्ज कप क्रिकेट प्रतियोगिता

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन विराटनगरले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मकताको रूपमा कोशी प्रदेशका ४ स्थानमा ‘ओरेन्ज कप क्रिकेट २२५’ सम्पन्न गरेको छ ।

फाउन्डेसनले एमसीसी फाउण्डेशन, क्रिकेट विथआउट बाउन्ड्रीज, क्रिकेट युनाइट्सको सहयोगमा तथा कोशी प्रदेश क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ र उदयपुर जिल्ला क्रिकेट संघसँगको सहकार्यमा प्रतियोगिता गरेको थियो ।

ओरेन्ज कपले सामाजिक रूपान्तरणसँग जोड्दै लैंगिक समानता, समावेशिता र सशक्तीकरणको सन्देश दिएको छ ।

‘ओरेन्ज कप’ खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सुरु गरिएको एक सशक्तीकरण मूलक क्रिकेट पहल हो । यो प्रतियोगिता पहिलो पटक सन् २०२४ मा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग एकात्मताका रूपमा सुरु गरिएको थियो ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय अभियानले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि चेतना अभिवृद्धि, आवाज सुदृढीकरण र सामूहिक क्रियाशीलता प्रवर्द्धन गर्दछ ।
यस अभियानलाई खेलकुदसँग जोड्दै ‘ओरेन्ज कप’ ले क्रिकेटको आत्मासँगै समानता, समावेशिता र सशक्तीकरणलाई प्रोत्साहन गर्दै आएको छ ।

विराटनगरमा आयोजित ओरेन्ज कपमा महेन्द्र मावि, जनपथ मावि, विराट बहिरा मावि र आदर्श माविको सहभागिता रहेको थियो । ओरेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्र माविले जितेको थियो । विराट बहिरा मावि उपविजेता भयो ।

त्यस्तै, पथरीशनिश्चरेमा भएको खेलमा कीर्तिपुर एकेडेमी, आदर्श सीता विद्यालय र हीरक मावि सहभागी भएका थिए । कीर्तिपुर एकेडेमी विजेता तथा आदर्श सीता विद्यालय उपविजेता भएको थियो ।

उदयपुरमा भएको खेल जनज्योति विद्यालय, त्रियुगा विद्यालय, बालमन्दिर विद्यालय र राजावास विद्यालय सहभागी थिए । बालमन्दिर विद्यालयले उपाधि जितेको थियो ।

त्यसैगरी, सुनसरीको तरहरामा हिमशिखर विद्यालय, सयपत्री विद्यालय, पूर्वाञ्चल विद्यालय र प्याराडाइज विद्यालय सहभागी थिए । पूर्वाञ्चल विद्यालय विजेता र हिमशिखर विद्यालय उपविजेता भए । प्रतियोगितामा छात्रा तथा छात्रको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.