सातौँ झापा गोल्डकप माघ अन्तिम साता

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १४:४१
सातौँ झापा गोल्डकप माघ अन्तिम साता

झापा । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिका अनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ ।

हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

प्रतियोगितामा ३ विभागीय टोली, २ विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजन टिमसहित १० टोलीले भाग लिने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५–२५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×