त्रिपालमुनिबाट सेवा दिँदै इटहरीको यातायात कार्यालय, ५ महिनामा ३९ करोड राजस्व

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार १२:५३

सुनसरी । जेनजी आन्दोलनका क्रममा भौतिक संरचना खरानी भए पनि यातायात व्यवस्था कार्यालय (सवारी), सुनसरीले सेवा प्रवाह र राजस्व संकलनमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । कार्यालयले पछिल्लो पाँच महिनामा मात्रै ३९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो ।

कार्यालय प्रमुख मानबहादुर देवकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस १ गतेसम्म कुल ३९ करोड ४७ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आन्दोलनपछिको असहज परिस्थितिमा पनि कार्यालयले करिब २० करोड रुपैयाँ राजस्व उठाएको छ ।

कार्यालयले सवारीसाधन करतर्फ ३३ करोड ३६ लाख रुपैयाँ, यातायात क्षेत्रको आम्दानीतर्फ १९ करोड ८ लाख रुपैयाँ, चालक अनुमति पत्र, दर्ता किताब दस्तुरतर्फ ४ करोड १२ लाख रुपैयाँ र व्यवसाय रजिस्ट्रेसनतर्फ ३६ हजार रुपैयाँ संकलन गरेको छ ।

आन्दोलनका क्रममा भएको आगलागीमा कार्यालयका करिब ९५ प्रतिशत सवारीसाधनका अभिलेख जलेर नष्ट भएका छन् । ट्रयाक्टर शाखा बाहेक अन्य करिब १२ लाख सवारीसाधनको अभिलेख नष्ट भएको जनाइएको छ । ब्लुबुक र अन्य महत्वपूर्ण कागजात जलेका कारण अहिले सेवाग्राही र कर्मचारी दुवैले दोहोरो झमेला खेप्नुपरेको छ ।

कार्यालयको आफ्नै भवन नभएका कारण अहिले त्रिपाल र अस्थायी कोठाहरूबाट सेवा दिइँदै आएको छ । दैनिक १ हजारभन्दा बढी सेवाग्राही आउने यस कार्यालयमा उभिएरै काम गर्नुपर्ने बाध्यता छ । कर्मचारी र सेवाग्राही दुवैले धुलो र साँघुरो ठाउँका कारण सास्ती भोगिरहेका छन् ।

कागजात जलेपछि देखिएको कानुनी जटिलता हटाउन प्रदेश सरकारले कात्तिक १७ गते ुबाधा अड्काउ फुकाउु जारी गरेको छ । जसअनुसार जरिवानामा छुटदेखि स्थानीय तहको मुचुल्का वा सर्जिमिनका आधारमा नयाँ ब्लुबुक र कागजात बनाउने सुविधा दिइएको छ । यद्यपि, कागजात प्रमाणित गरेर ल्याउनुपर्ने प्रक्रियाले सेवाग्राहीलाई थप समय र झन्झट लाग्ने गरेको छ ।

चुनौतीका बाबजुद कार्यालयले ब्लुबुक नवीकरण, सवारी दर्ता र कर संकलनलाई निरन्तरता दिइरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.