अन्तर स्कुल क्रिकेटमा महेन्द्र स्कुललाई सफलता

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ३, बिहीबार १८:५३

विराटनगर । विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर विद्यालय क्रिकेट’ प्रतियोगितामा महेन्द्र स्कुल विजयी भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा महेन्द्रले बुढानीलकण्ठ स्कुललाई ६ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ थालेको बुढानीलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८६ रनमै समेटियो । निशान्त कनोजियाले २१ रनको योगदान गरे । प्लेयर अफ म्याच महेन्द्रका बादल रायले ३ विकेट लिए ।

महेन्द्रले ८७ रनको लक्ष्य पछ्याउने क्रममा १३ ओभर २ बल खेल्दै ४ विकेटको क्षतिमा विजयी हासिल गरेको थियो । अरुण मण्डलले अविजित ४७ रनको योगदान दिए भने बुढानीलकण्ठका संस्कार मिश्रले २ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×