अन्तर स्कुल क्रिकेटको क्वार्टर फाइनलमा आदर्श र सरस्वती स्कुल 

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १७:५८
अन्तर स्कुल क्रिकेटको क्वार्टर फाइनलमा आदर्श र सरस्वती स्कुल 

विराटनगर । आदर्श र सरस्वती स्कुल विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर विद्यालय क्रिकेट’ प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतम बुद्ध स्कुललाई ६१ रनले हराउँदै क्वाटर फाइनल यात्रा तय गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ थालेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ५२ रनको योगफल खडा गर्‍यो । आतिफ रैनले ३७ रन बनाए भने गौतम बुद्धका  सिद्धार्थ राजवंशी र कौशिक साहले समान ३–३ विकेट लिए ।

१ सय ५३ रनको चुनौती पछ्याउने क्रममा गौतम बुद्धले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९१ रनमै समेटियो । सिद्धार्थ राजवंशीले २८ रन बनाए । आदर्शका प्लेयर अफ म्याच गौरव रायले ४ विकेट र नन्दलाल झाले ३ विकेट लिए ।

त्यस्तै, दिनको दोस्रो खेलमा सरस्वती स्कुलले विनायक स्कुललाई ८ विकेटले हराउँदै क्वार्टर फाइनलमा  पुगेको छ ।

टस जित्दै ब्याटिङ थालेको विनायकले २० ओभर पूरै खेल्दै सबै विकेटको क्षतिमा ४२ रनको झिनो योगफल बनायो । अमन पोद्दारले मात्रै १३ रन बनाए भने सरस्वतीका प्लेयर अफ म्याच दिगम्बर यादवले ४ विकेट लिए ।

४३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले ७ ओभरमा २ विकेट गुमाउँदै विजयी भयो । विकास कामतले १६ रन बनाए भने विनायकका शिवम् पासवानले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.