
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रूपैयाँ कायम भएको छ । शुक्रबार २ लाख ५८ हजार ४ रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य १ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ४ हजार १ सय ५ रूपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला ४ हजार ५ रूपैयाँ थियो ।

























