ग्रिनपिस र सरस्वती सेमिफाइनलमा 

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १८:५९
ग्रिनपिस र सरस्वती सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर स्कुल क्रिकेट’ प्रतियोगितामा ग्रिनपिस र सरस्वती स्कुल सेमिफाइनलमा पुगेका छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याण्ड स्कुललाई ५ विकेटले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

ग्रिनल्याण्डले टस जितेर ब्याटिङ थाल्दै १७ ओभर २ बलमा सबै विकेटको क्षतिमा ९२ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रिन्स यादवले १९ रन बनाए । प्लेयर अफ म्याच ग्रिनपिसका मेराज शैख र महमद समिमले समान ३–३ विकेट लिए ।

ग्रिनपिसले ९३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १० ओभर ५ बल खेल्दै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । महमद मफुजले १८ रनको योगदान दिए भने ग्रिनल्याण्डका इवान राईले २ विकेट लिए ।

त्यस्तै, दिनको दोस्रो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको आदर्शले १४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनको झिनो योगफल तयार पारेको थियो । आरिफ रैनले मात्रै १४ रन बनाए भने सरस्वतीका प्लेयर अफ द म्याच सुरज मण्डलले ४ विकेट लिए ।

५८ रनको झिनो लक्ष्य पाएको सरस्वतीले ११ ओभर २ बलमा ४ विकेटको  क्षतिमा विजयी भयो । विकाश कामतले ११ रन बनाए भने आदर्शका धनन्जय सहनीले ३ विकेट लिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.