
भक्तपुर । भक्तपुरमा ‘राष्ट्रिय एन्टिडोपिङ कोर्स २०२५’ सोमबारदेखि सुरु भएको छ । नेपाल रग्बी संघले राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको सहकार्यमा ३ दिने राष्ट्रिय एन्टिडोपिङ कोर्स सुरु गरेको हो ।
३ दिनसम्म चल्ने कार्यक्रममा ७ वटै प्रदेश र ३ विभागीय टोलीबाट करिब ४५ जना महिला खेलाडीहरूको सहभागिता रहेको रग्बी संघले जनाएको छ ।
कार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, महासचिव गोविन्द घिमिरे र राष्ट्रिय एन्टिडोपिङ एजेन्सीका संस्थापक संयोजक डाक्टर असीम भण्डारीको उपस्थिति रहेको थियो ।

























