क्रिकेट प्रतियोगिताको उपाधिका लागि सरस्वती र सत्यनारायण भिड्दै 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ८, मंगलबार १९:११
क्रिकेट प्रतियोगिताको उपाधिका लागि सरस्वती र सत्यनारायण भिड्दै 

विराटनगर । विराटनगरमा जारी ‘चौथो विराटनगर हब अन्तर स्कुल क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि सरस्वती र सत्यनारायण स्कुल बुधबार खेल्ने छन् ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

टस जितेर ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ ओभर २ बलमा सबै विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सफल भयो । अभय कामतले १६ रन मात्रै बनाए । सरस्वतीका प्लेयर अफ द म्याच  प्रशान्त यादवले ७ विकेट लिए ।

७३ रनको लक्ष्य पाएको सरस्वतीले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै विजयी भयो । प्रशान्त यादवले २५ रन र दिगाम्बर यादवले २२ रनको योगदान गरे । अर्किडका अभय कामतले २ विकेट लिए ।

त्यस्तै, दिनको दोस्रो खेलमा सत्यनारायण स्कुलले ग्रिनपिस स्कुललाई ३३ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनको योगफल बनाएको थियो । मनिष कामतले ३२ रन र सागर यादवले ३१ रनको योगदान गरे । ग्रिनपिसका महमद समिम र मिराज शेखले २–२ विकेट लिए ।

१ सय ४१ रनको विजयी लक्ष्य पाएको ग्रिनपिसले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७ रनमै समेटियो । साहेब आलमले ४४ रन बनाए भने सत्यनारायणका प्लेयर अफ द म्याच सागर यादवले ५ विकेट लिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.