‘विराट ट्रेड एक्स्पो–२०२५’ सुरु हुँदै

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०९:०८

विराटनगर । विराटनगरको आर्थिक र व्यावसायिक साख फर्काउने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो–२०२५ आज (बुधबार)बाट सुरु हुँदैछ ।

एक्स्पो विराटनगर महानगरपालिका–१ शान्ति चोकमा आयोजना हुने छ । एक्स्पो पुस १९ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा जर्मन प्रविधिबाट निर्मित आकर्षक ह्याङ्गर संरचनाभित्र २ सय ३० वटा स्टलहरू रहने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।

मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरूका साथै कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् । छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानमा उत्पादन भएका बस्तु पनि प्रदर्शनीमा राखिनेछ ।

अवलोकनकर्ताको आकर्षणका लागि मेला स्थलमा किड्स जोन, सेल्फी जोन र विशेष आकर्षणका रूपमा फिस तथा जलपरी टनेल निर्माण गरिएको छ । विभिन्न मनोरञ्जनात्मक खेलसामग्री पनि राखिनेछ ।

मेलाको अनुमानित लागत २ करोड ५० लाख रुपैयाँ छ । २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ । एक्स्पो अवधिभर २० देखि ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.