
विराटनगर । सुन र चाँदीको मूल्य लगातार बढिरहेको छ । आज (बुधबार) सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ५ हजार ५ सय रुपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । हिजो २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

























