
काठमाडौं । सुनचाँदीको मूल्य आज (बिहीबार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

























