विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनमा महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार २१:००
विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनमा महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ ।

मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सञ्चालनमा आएको एक्स्पोमा बिहीबार विभिन्न विषयमा केन्द्रित सेसनहरूको उद्‌घाटन गरिएको हो ।

थिमेटिक सेसनको उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथि संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल र संघका अध्यक्ष अनुपम राठीले संयुक्त रूपमा गरेका थिए । सो अवसरका बोल्दै अध्यक्ष राठीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस वर्ष विशेष सेसन समावेश गरिएको जानकारी दिए ।

उनले पछिल्ला केही दशकसम्म उद्योग व्यवसाय क्षेत्रमा पुरुषको वर्चस्व रहे पनि पछिल्लो समय विश्वभर महिला उद्यमशीलता तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे । ‘हाम्रो समाज पनि यसअनुसार परिवर्तन हुन आवश्यक छ,’ राठीले भने, ‘महिला उद्यमीका संघर्ष, चुनौती र सफलताका वास्तविक कथामार्फत व्यावसायिक यात्राको यथार्थ चित्र प्रस्तुत गर्ने प्रयास गरेका हौँ ।’

उनका अनुसार थिमेटिक सेसनले महिला उद्यमीहरूबिच नेटवर्क विस्तार गर्न सहयोग पुर्‍याउने र ‘महिला उद्यमशीलता आजको आवश्यकता हो’ भन्ने सन्देश समाजमा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रम संयोजक अनिल सारडाले एक्स्पो अवधिभर नियमित रूपमा विभिन्न विषयमा केन्द्रित थिमेटिक सेसन सञ्चालन गरिने जानकारी दिए । यो पटक फरक ढंगले एक्स्पो स्थलमै यस्ता ज्ञानमूलक सेसन आयोजना गरिएको हो,’ उनले भने, ‘विद्यार्थीलाई केन्द्रमा राखेर उद्यमशीलताका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे बुझाउने उद्देश्य राखिएको छ ।’

थिमेटिक सेसनको पहिलो दिन ‘महिला उद्यमशीलता: चुनौती, अवसर र सफलताका कथा’ विषयमा केन्द्रित छलफल सम्पन्न भएको छ ।

‘माई भ्वाइस, माई स्टोरी’ शीर्षकमा आयोजित उक्त सेसनको सहजीकरण श्रुति शर्माले गरेकी थिइन् । छलफलमा सहभागी वक्ताहरूले महिला उद्यमशीलता अझै अपेक्षित गतिमा नबढे पनि भविष्यका लागि प्रशस्त सम्भावना रहेको धारणा व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.