सिएनआइवाइइएफ र विराट स्पोर्ट्स जोनबीच सम्झौता

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १४:१२
सिएनआइवाइइएफ र विराट स्पोर्ट्स जोनबीच सम्झौता

विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम (सिएनआइवाइइएफ) कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सिएनआइवाइइएफ कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्नेछन् भने सिएनआइवाइइएफ कोशीले आफ्ना सदस्यहरू तथा सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प्रवर्द्धन गर्ने छ ।

सम्झौतापछि सिएनआइवाइइएफ आफ्ना सदस्यहरूबीच प्रतिस्पर्धात्मक भावना र उत्साह बढाउने उद्देश्यले ई–कार्टिङ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा मुदित गोल्छा प्रथम, मयंक साह द्वितीय र उत्सव गोयल तृतीय भए ।

सिएनआइवाइइएफका सदस्य तथा विराट स्पोर्ट्स जोनका बोर्ड सदस्य धर्खान कतेलले ८ महिनाको योजनापछि गत महिनादेखि स्पोर्ट्स जोन सञ्चालनमा आएको जानकारी दिँदै स्पोर्ट्स जोन युवाहरूको खेलकुद क्षमता विकासका लागि प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा विराट स्पोर्ट्स जोनका प्रबन्ध निर्देशक तथा बोर्डका अध्यक्ष हरि बजगाईंले युवालाई मोबाइल फोनको अत्यधिक प्रयोगबाट टाढा राखी सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । आर्थिक अनिश्चितताको समयमा जोखिम मोलेर विभिन्न खेलका प्रशिक्षक नियुक्त गर्दै व्यवसाय सुरु गरिएको उनले उल्लेख गरे ।

सिएनआइवाइइएफ कोशीका अध्यक्ष सुसन प्रधानले उद्यमीहरूका लागि मानसिक सन्तुलन र विश्राम आवश्यक रहेको बताउँदै विराट स्पोर्ट्स जोनजस्ता खेलकुद केन्द्रले व्यावसायिक जीवनसँगै स्वस्थ मनोरञ्जनको अवसर प्रदान गर्ने बताए ।

उनका अनुसार विराट स्पोर्ट्स जोन कोशी प्रदेशमै पहिलो पटक ई–कार्टिङ, फुटसल, क्रिक्सल, स्केटिङ तथा चाँडै सुरु हुन लागेको पिकल बल सुविधा एकै स्थानमा उपलब्ध गराउने आधुनिक खेलकुद केन्द्र रहेको प्रस्ट पारे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.