एभरेस्ट स्कुललाई महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि   

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १९:०८
एभरेस्ट स्कुललाई महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि   

विराटनगर । विराटनगरमा भएको विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि एभरेस्ट स्कुलले जितेको छ । एभरेस्टले ११ स्वर्ण, ९ रजत र ११ कास्यपदक गरी ३१ पदकका साथ शीर्ष स्थान हुँदै उपाधि जितेको हो ।

विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट स्कुलको संयोजनमा भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरी २६ पदकका साथ आदर्श मावि द्वितीय र ८ स्वर्ण, ७ रजत र ७ कास्य गरी २२ पदकका साथ सत्यनारायण मावि तृतीय स्थान भयो ।

प्रतियोगिताअन्तर्गत छात्र ट्रिपल जम्पमा जनता माविका समीर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जिते ।

त्यसैगरी, ८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समीर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे ।

२ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते भने छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण, स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जिते ।

भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरिया माविका अरिबहादुर परियार र छात्रातर्फ बिकेभिएमका सलिस्मा सिंह भए । कबड्डीको छात्रतर्फ महेन्द्र माविका दीपेश राजवंशी र छात्रातर्फ सत्यनारायणकी सन्तोषी राय प्लेयर अफ टुर्नामेन्ट भए ।

प्रतियोगितामा महानगरपालिकाका ६५ विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायतको खेलमा प्रतिस्पर्धा  गरेका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.