साना तथा मझौला उद्योगको समृद्धिका लागि नीतिगत सुधारमा जोड

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १८:१५

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ अन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई)को समृद्धि र संरक्षणलाई केन्द्रमा राखेर विशेष थिमेटिक सेसन सम्पन्न भएको छ ।

“साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित उक्त प्यानल छलफलमा उद्योगी, नीति निर्माता र सरोकारवालाहरूले उद्योगमैत्री नीति, सहज लगानी, आधुनिक प्रविधि र बजार पहुँचका विविध पक्षमा गहन छलफल गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै देशको रोजगारी सिर्जनाको मुख्य आधार भएको बताए । उनले यस्ता उद्योगको संरक्षणबिना आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गर्दै भने,“बैंकमा तरलता भए पनि ऋण प्रवाह सहज छैन। कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ। उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ।”

उनले कोशी प्रदेशमा कृषि, ऊर्जा, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको समेत औंल्याए ।

छलफलमा उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले साना उद्योगका लागि समावेशी आर्थिक संस्थाको आवश्यकता औंल्याए । बैंक ऋणको विकल्पमा अन्य वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न नसकेको उनको तर्क थियो । उनले स्टार्टअपको लाइफसाइकल अनुसार सहयोग, कोलाटरलबिना कर्जा र प्रविधि (एआई) मा लगानी बढाउन सुझाव दिए । सरकारी अनुदान वास्तविक उद्यमीसम्म पुग्ने गरी प्रणाली व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।

युवा उद्यमी प्रतीक राउतले नेपालका ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको तथ्यांक प्रस्तुत गर्दै सन् २०२६ पछि नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदा हुने विश्वव्यापी प्रतिस्पर्धाका लागि अहिलेदेखि नै ब्रान्डिङ र सूचना प्रविधिमा लगानी गर्नुपर्ने बताए । उनले स्थिर पुँजीका आधारमा मात्र एसएमईको परिभाषा गरिनु उपयुक्त नभएको भन्दै नीतिगत परिवर्तनको माग गरे ।

उद्यमी अमित शारडाले सकारात्मक सोच र गुणस्तरीय उत्पादनले निर्यात बढाउन सकिने धारणा राखे । विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले डिजिटल माध्यमबाट बजार पहुँच सहज बन्दै गएको र सरकार पछिल्लो समय केही लचिलो देखिएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण र प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए। उनले महिला उद्यमीलाई राजस्वमा छुट दिने व्यवस्था रहेको र बजारको मागअनुसार नयाँपनसहित आउने उद्यमीहरू सफल हुने विश्वास व्यक्त गरे ।

सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले उद्योगको सुरक्षाका लागि बीमाको आवश्यकता र महत्वबारे प्रस्तुति दिएका थिए । विराट ट्रेड एक्स्पोले निजी क्षेत्रको व्यापार प्रवर्द्धनका साथै उद्यमशीलता विकासका लागि महत्वपूर्ण मञ्चको भूमिका निर्वाह गरिरहेको सहभागीहरूको निष्कर्ष थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.