
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) एकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ७ हजार ९ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ६२ हजार १ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य सोमबार २ लाख ७० हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ तोलाको ३ सय ६ रूपैयाँले घटेको छ । मूल्य घटेसँगै चाँदी प्रतितोला ४ हजार ५ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार तोलाको ४ हजार ८ सय ९६ रूपैयाँ थियो ।

























