विराट एक्स्पोमा स्टार्ट अप आइडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार २०:०६
विराट एक्स्पोमा स्टार्ट अप आइडिया पिच, व्यवसाय सुरु गर्न संघको सहजीकरण

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा स्टार्ट अप आइडिया पिच गरिएको छ । मंगलबार ७ वटा आइडिएटरले आफ्ना आइडिया पिच गरेका छन् ।

यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल सारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रालिको ‘कन्सेप्ट’ प्रस्तुत गरेका थिए । खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामग्री आपूर्ति गर्ने आइडिया उनले पिच गरे । ५ वर्षमा देशका सबै महानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए ।

इलामका सूर्योदय नगरपालिकाका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए ।

विराटनगरका ऋषि महेश्वरीले खाद्यान्न सम्बन्धी आफ्नो गफसफ ब्रान्डको विषयमा आफ्नो प्रस्तुति दिए ।
झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आइडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरू पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताब प्रेमीहरूलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।

मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चर सम्बन्धी प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड बेभरेज सम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आइडिया पिच गरेका थिए ।
विज्ञान घिमिरे र सुमनकुमार शर्माले नर्सिङ पढाइका लागि सम्पूर्ण पाठ्य सामग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आइडिया सेयर गरे ।

मोरङ उद्योग व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । प्राप्त आइडियाहरूमध्ये लाई लगानीकर्तासँग साक्षात्कार गराउने उद्देश्य रहेको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । यसको सहजीकरण आइडिया स्टुडियोले गरेको थियो ।

एक्स्पोमा हरेक थिमेटिक सेसन सञ्चालन हुँदै आएको छ । छलफलको प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्त्वपूर्ण भएको बताए । कार्यक्रममा खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जनले प्रस्तुति दिएका थिए ।

जगन्नाथ महर्जनले आफूले बिजनेस गर्दाको अनुभव सेयर गर्दा नयाँ पुस्तालाई त्यसले फाइदा पुग्न सक्ने अपेक्षा गरेको बताउँदै भने, ‘चीन र भारतको सफलता स्टार्ट अपको विषयमा लिएको नीतिकै कारणले हो ।’ सरकार आफैँले स्टार्ट अपहरुलई फन्डिङ गरेर जसलाई चाहिएको हो त्यसलाई नै सहयोग पुग्ने गरेको बताए ।

भारतले समेत स्टार्ट अप जोनहरू सञ्चालन गरेर खर्बौँ रुपैयाँ लगानी गरेको दृष्टान्त सुनाउँदै नेपालमा सरकारले गरेको फन्ड निकै न्यून भएको र नीतिगत समस्या पनि रहेको सुनाए । वि.सं. २०४० तिर घरमा सानो बेकरीको रूपमा खजुरीको सुरु भएको स्मरण गर्दै उनले आफू जन्मिएको चापाँगाँउमा कच्ची बाटो रहेको बिजुलीसमेत नभएको भन्दै दुर्गम काठमाडौंबाट व्यापार सुरु गरेको बताए ।

उत्कृष्ट र सम्भावनायुक्त आइडियालाई व्यवसाय सुरु गर्न सहकार्य तथा सहजीकरण गर्दै संघले ब्रिजिङ गर्नेछ । रोजगारी सिर्जना र आर्थिक वृद्धिका लागि यो महत्त्वपूर्ण पहल हुने मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

राठीले बिजनेस इकोसिस्टमको विकास गर्न यस किसिमको छलफल आयोजना गरिएको बताए । उनले भने, ‘व्यावसायिक यात्राका कठिनाइसँग जुध्दै सरकारलाई नीतिगत सुधारका लागि ध्यानाकर्षण गर्न पहल थालिएको हो ।’

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.