दोस्रो पावर तेक्वान्दोको तयारी पूरा

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार ०८:३७
दोस्रो पावर तेक्वान्दोको तयारी पूरा

काठमाडौं । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदैछ । खेलाडीको वृत्ति विकासमा योगदान पुर्‍याउनुका साथै खेलाडीबीच मित्रता र भाइचारा स्थापित गर्न च्याम्पियनसिप आयोजना गरिएको आयोजक समितिका सचिव नोर्बु लामाले जानकारी दिए ।

प्रतियोगितामा जम्मा २ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ८ पुरुष र ८ महिला गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा सुमित विष्ट, सुजन गुरुङ, हरिस बोहरा, रुमिन राउत, एलेन आले, अभिषेक डल्लाकोटी, अफताब आलम र अम्बिका घिमिरेले प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिलामा आरती शाही, इशा महतो, रक्षा धिमाल, गीता कठायत, जानुका बिक, कञ्चन खड्का, वीणा नाथ र पासाङ लामाबीच प्रतिस्पर्धा हुनेछ ।

उनीहरू हालै सम्पन्न १३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता खेलाडी हुन् । १३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पुरुषको ५४ र ५८ केजी तथा महिलामा ४९ र ५३ केजी तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीलाई च्याम्पियनसिपमा समावेश गरिएको सचिव लामाले  बताए ।

च्याम्पियनसिपमा सञ्जीवकुमार ओझा, सुरेन्द्र शाही, लालबहादुर बरामु र वीरबहादुर महराले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन् । च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.