विराट एक्स्पोमा बहस: सीप भए स्वदेशमै रोजगारी

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १५:३३

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पोमा बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा केन्द्रित रहेर विशेष छलफल भयो । एक्स्पोका क्रममा उद्योग, व्यवसाय र श्रम बजारका समसामयिक मुद्दामा भइरहेका नियमित छलफल अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघकी कार्यकारी सदस्य डा. बन्दना जैनले बजारमा सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको बताइन् । एकातिर विद्यार्थीले काम नपाएको गुनासो गर्ने र अर्कोतिर उद्योगले जनशक्ति नपाउने स्पष्ट विरोधाभास रहेको उनको भनाइ थियो। सीप, ज्ञान र सही दृष्टिकोणको अभावका कारण धेरै उद्योगीहरू बाहिरबाट जनशक्ति ल्याउन बाध्य भएको उनले उल्लेख गरिन् ।

सिटिईभिटी इटहरीका सह-निर्देशक दुर्गा प्रसाद ओझाले मध्यम तथा निम्न तहका दक्ष प्राविधिक जनशक्ति उत्पादनमा संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । गत वर्षदेखि औद्योगिक प्रशिक्षार्थी र होटल म्यानेजमेन्ट जस्ता कार्यक्रम थपिएको र उत्पादन तथा सेवा क्षेत्रमा ‘रियल वर्क’ गरेपछि मात्र अध्ययन पूरा हुने मोडेल लागू गरिएको उनले जानकारी दिए। यसले उद्योगलाई आवश्यक जनशक्ति सहजै उपलब्ध गराउन सहयोग पुग्ने उनको विश्वास थियो ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी उपसचिव लक्ष्मी न्यौपानेले प्रदेश तहमा हाल तीनवटा सीप परियोजना सञ्चालनमा रहेको जानकारी दिइन् । युवाहरूलाई लक्षित गरी सञ्चालित तालिमहरूमा २४ महिनेमध्ये केही अवधि तलबसहित र बाँकी सिकाइमा केन्द्रित रहने मोडेल अपनाइएको उनले बताइन्। मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि सीपयुक्त बनाएर पठाउने उद्देश्य राखेको छ ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक नवीन कुमार श्रेष्ठले विद्युत क्षेत्रमा ६२ प्रतिशतभन्दा बढी प्राविधिक जनशक्ति आवश्यक पर्ने बताए । प्राधिकरण अहिले अटोमेसन र डिजिटल प्रणालीमा गइसकेकाले अबको शिक्षा प्रणाली प्रविधिमैत्री जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सगरमाथा ग्रामेन्ट्सकी ललिता श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै गार्मेन्टमा हेल्परका रूपमा काम सुरु गरेर तीन महिने तालिम र सीप परीक्षणपछि सुपरभाइजर बन्न सफल भएको बताइन् । उनले प्रमाणपत्र मात्र नभई प्रमाणित सीपअनुसार काम गर्नु महत्त्वपूर्ण हुने अनुभव साझा गरिन् । नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका विशेषज्ञ प्रेमकुमार मग्रातीले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा समेत सीपयुक्त जनशक्तिलाई रोजगारीको प्रबन्ध मिलाउन सुझाव दिएका थिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.