
काठमाडौं । भारतको कोलकातामा आयोजना हुने खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली प्रस्थान गरेको छ ।
च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराँते डो संघको टोली बिहीबार कोलकाता प्रस्थान गरेको हो ।
इन्डियन स्पोर्ट्स सोतोकान कराँते संघको आयोजनामा जनवरी ३ र ४ तारिखमा हुने प्रतियोगितामा खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।



















