क्यानले सार्वजनिक गर्‍यो २०२६ को क्रिकेट क्यालेन्डर, घरेलुदेखि विश्वकप छनोटसम्म व्यस्त वर्षको रूपरेखा

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार ०६:३१

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै तहका प्रतियोगिता समेटिएको वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले आगामी वर्षको विस्तृत खेल तालिका सार्वजनिक गर्दै २०२६ नेपाली क्रिकेटका लागि अत्यन्तै व्यस्त र महत्वपूर्ण हुने बताए । घरेलुदेखि विश्वकप छनोटसम्म व्यस्त वर्षको रूपरेखासहित क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षको सुरुआत घरेलु क्रिकेटबाट हुनेछ ।

जनवरी महिनामा पुरुष प्रधानमन्त्री कपबाट राष्ट्रिय प्रतियोगिताको औपचारिक सुरुआत गरिनेछ । प्रधानमन्त्री कपअन्तर्गत जनवरी ५ देखि २५ सम्म जिल्ला चरणका खेलहरू सञ्चालन हुनेछन् भने जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन् ।

फेब्रुअरी महिनामा पनि प्रधानमन्त्री कपको प्रदेश चरणले निरन्तरता पाउनेछ । फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी क्रिकेट प्रतियोगिता आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ ।

यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ । जसले विद्यालयस्तरबाटै प्रतिभा खोजी गर्ने क्यानको रणनीतिलाई निरन्तरता दिनेछ ।

मार्च महिनामा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण सञ्चालन हुनेछ । मार्च २८ देखि अप्रिल २२ सम्म चल्ने यस चरणसँगै राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण र महिला प्रधानमन्त्री कपको जिल्ला चरण पनि यही अवधिमा आयोजना गरिनेछ । यसले महिला क्रिकेट र विद्यालय क्रिकेटलाई समान प्राथमिकतामा राख्ने क्यानको नीतिले देखाउँछ ।

अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण आयोजना हुनेछ । साथै, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण, क्यानका अन्य विकासात्मक कार्यक्रमहरू पनि यही महिनामा सञ्चालन गरिनेछन् ।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना गरिनेछ । यसै महिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प पनि सञ्चालन हुनेछन् । जसले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

जुन महिनामा सातै प्रदेशमा क्यान लेभल–१ कोचिङ कोर्स सञ्चालन गरिनेछ । त्यस्तै, जुन १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना हुने क्यालेन्डरमा उल्लेख छ ।

जुलाई महिनामा क्यान लेभल–२ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन् । जसले प्राविधिक जनशक्ति विकासमा टेवा पुर्‍याउनेछ । अगस्ट महिनामा क्यान लेभल–१ अम्पायरिङ कोर्स आयोजना गरिनेछ ।

सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ । यसले महिला क्रिकेटलाई छोटो ढाँचाभन्दा बाहिर विस्तार गर्ने उद्देश्य झल्काउँछ ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ । अक्टोबरमै यु–१६ बोइज र गर्ल्स राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फर्म्याट प्रतियोगिता र विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन् । डिसेम्बर महिनामा पनि विभिन्न क्षेत्रीय टुर्नामेन्टहरू आयोजना गरिनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटतर्फ पनि २०२६ नेपालका लागि महत्वपूर्ण रहनेछ । जनवरी महिनामा आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुने क्यानले जनाएको छ । फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी–२० विश्वकप खेल्नेछ ।

मार्च महिनामा पुरुष टोलीले आइसिसी लिग–२ अन्तर्गत शृङ्खला खेल्नेछ भने महिला टोलीले बाइल्याटरल सिरिज खेल्नेछ । यु–१९ टोलीले भुटान भ्रमण गर्ने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरिएको छ ।

अप्रिलमा नेपाल ‘ए’ टोलीको शृङ्खला आयोजना हुनेछ । साथै, महिला टोली र यु–१९ महिला टोलीको पनि अन्तर्राष्ट्रिय शृङ्खला हुने उल्लेख छ । जुलाई महिनामा पुरुष टोलीको लिग–२ शृङ्खला हुनेछ भने महिला एसिया कप र यु–१६ इस्ट जोन कप पनि यही महिनामा आयोजना हुनेछन् ।

अगस्ट महिनामा पुरुष टोलीले एसीसी प्रिमियर कप खेल्नेछ । यसै महिना कुवेतसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र अष्ट्रेलियाको टप एन्ड टुर्नामेन्टमा सहभागिता जनाउने कार्यक्रम पनि समावेश गरिएको छ । सेप्टेम्बरमा पुरुष टोलीको बाइल्याटरल सिरिज र महिला टोलीको युएईसँगको शृङ्खला आयोजना हुनेछ ।

अक्टोबरमा पुरुष टोलीको लिग–२ शृङ्खला हुनेछ भने महिला टोलीको त्रिदेशीय शृङ्खला आयोजना गरिनेछ । नोभेम्बरमा नेपाल प्रिमियर लिग सञ्चालन हुनेछ र वर्षको अन्त्यतिर डिसेम्बर महिनामा महिला तथा पुरुष दुवै टोलीका अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुने क्यानले जनाएको छ ।

सार्वजनिक क्यालेन्डरले २०२६ मा नेपाली क्रिकेट सबै तहमा सक्रिय रहने संकेत दिएको छ । घरेलु संरचना मजबुत बनाउने, महिला र विद्यालय क्रिकेट विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निरन्तर सहभागिता जनाउने लक्ष्यसहित क्यानले आगामी वर्षको रोडम्याप अघि सारेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.