झापा इनर्जीद्वारा ५ महिनामा ६५ लाख युनिट विद्युत् उत्पादन 

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार ०८:१४
झापा इनर्जीले ५ महिनामा ६५ लाख युनिट विद्युत् उत्पादन 

झापा । झापाको शिवसताक्षी नगरपालिका–४ बुलु चोकमा रहेको झापा इनर्जीले साउनदेखि मंसिरसम्म ६५ लाख युनिटभन्दा बढी विद्युत् उत्पादन गरेको छ ।

सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४ सय ९७ रुपैयाँ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको  हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूले आर्थिक वर्ष २०८२ / ०८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २ सय ६० युनिट विद्युत् उत्पादन गरेको जानकारी दिए ।

झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजनाले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत् को व्यावसायिक उत्पादन गर्दै आएको छ ।  त्यसअघि २०७८ मंसिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता गरेको थियो ।

परियोजनास्थलमा २१ हजार ६ सय वटा सौर्य प्यानल जडान गरिएको छ । परियोजनाबाट उत्पादित सौर्य विद्युत् लाई १ किलोमिटरको दूरीभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको बुलु चोक सबस्टेशनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

झापा इनर्जीले आव २०८० / ०८१ मा ५ करोड २८ लाख ८४ हजार ७ सय ७७ मूल्य बराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१ / ०८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४ सय ७५ पुगेको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.