
काठमाडौँ । सुनको मूल्य आज (सोमबार) फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको हो ।

























