ललितपुर मेयर कप ब्याडमिन्टन भोलि सुरु हुँदै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १७:१५
ललितपुर मेयर कप ब्याडमिन्टन भोलि सुरु हुँदै

ललितपुर । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार (भोलि) बाट हुने भएको छ ।

ललितपुरस्थित बालकुमारी रिमिक्स क्लबको कभर्ड हलमा ५ दिनसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० वरियता बाहेकको पुरुष युगल, यु १७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथिका मास्टर युगल खुला गरी ६ विधामा करिब २ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने म्याच कन्ट्रोल सुमित शाक्यले जानकारी दिए ।

अघिल्ला ३ संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ भने प्रतियोगिताको पुरस्कार राशि ४ लाख २५ हजार रहेको छ । यस संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फको पुरस्कार राशिमा वृद्धि गरिएको सचिव दीप महर्जनले जानकारी दिए ।

अघिल्लो संस्करणमा पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष ३ स्थान हासिल गर्नेले नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्दै भने यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ५० हजार, २५ हजार र १० हजार गरिएको महर्जनले बताए ।

यस्तै, यु १७ पुरुष तथा महिलाका शीर्ष ३ स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगलतर्फको विजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.