
काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ। यस्तै, प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २९ हजार ५ सय १० रुपैयाँ तोकिएको छ।
चाँदीको भाउमा भने आज उच्च वृद्धि देखिएको छ। तोलामा ५५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३१ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उतारचढाव आएकाले त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

























