
चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य घटाएको छ। संघले मंगलबारदेखि लागु हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्य अनुसार मध्यम (मिडियम) साइजको अण्डा प्रतिक्रेट ४ सय ६० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, ठूलो (लार्ज) साइजको अण्डाको भाउ प्रतिक्रेट ४ सय ७५ रुपैयाँ तोकिएको छ।
उत्पादनको तुलनामा बजारमा अण्डाको खपत कम भएपछि मूल्य घटाउनुपरेको संघले जनाएको छ। केही समयदेखि बजारमा माग घटेकाले किसान र व्यवसायीकै सल्लाहमा नयाँ दररेट सार्वजनिक गरिएको हो।

























