
काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– २ को ऐनापहारा नजिकै भारतीय यात्रु बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४३ जना सवार थिए । सो बस आज ऐनापहरा नजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ,
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाएको हो ।
मृतकको शव आँबुखैरेनीमा राखिएको छ । दुर्घटनामा परेको बस ४ भदौमा बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । २ दिन पोखरा बसेको टोली आज काठमाडौँका लागि छुटेको थियो ।

























