पाँचथरमा बम विस्फोट : घाइते दुई बालबालिकाको मृत्यु

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार ०७:०७

विराटनगर । पाँचथरकाे फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा ग्रिनेट बम बिस्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसाे  करिब साढे ३ बजे विस्फोटमा परी घाइते भएका दिलिप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो ।

पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतराज केरुङको घरमा बिहीबार भएकाे विस्फोटमा परेर ४ जना बालबालिका घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको अवस्था गम्भीर थियो । घटनामा ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालक पनि घाइते भएका छन् । उनीहरुको अवस्था समान्य छ । 

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार विस्फोट भएको वस्तु कुन बम हो भन्ने यकिन भएको छैन । हेर्दा ग्रिनेट जस्तो देखिएको उनले बताए । विस्फोट भएको स्थान नजिकै अर्को बम जस्तो वस्तु पनि भेटिएको छ । शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ ।

‘होम मेड ग्रिनेट जस्तो देखिन्छ, तर यकिन भइसकेको छैन विस्फोट भएजस्तै वस्तु घटनास्थलनजिकै फेला परेको छ, नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि थाहा हुन्छ,’ उनले भने,‘ अनुसन्धान जारी छ ।’

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.