सूर्याेदयअघि र सूर्यास्तपछि लघुवित्तका कर्मचारीलाई सदस्यको घर जान राेक

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १५, शनिबार १३:४९

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका –२ दलेलीमा अभियान लघुवित्त वित्तीय संस्थाको कार्यालयमा आक्रमण गर्ने पाँच जना हाजिरी जमानीमा छुटेका छन् ।  लघुवित्त विरुद्धको संघर्ष समिति र लघुवित्तबीच ८ बुँदे सहमतिपछि पक्राउ परेका पाँच जना छुटेका हुन् ।

लघुवित्त संस्थाका कर्मचारी र लघुवित्त संघर्ष समितिबीच बिहान सूर्याेदयअघि र बेलुका सूर्यास्तपछि लघुवित्तका कर्मचारी सदस्यको घरमा नजाने सहमति भएको छ । कर्जा उठाउनका लागि दिउँसो मात्रै जान पाउने सहमति छ ।

लघुवित्त र संघर्ष समितिबीच भएको सहमतिमा संघर्ष समितिले कोशी प्रदेश भरि अराजक गतिविधि नगर्ने, संस्थाका कर्मचारी प्रति हातपात नगर्ने र दुवै पक्षले एक अर्कालाई अभद्र व्यवहार नगर्ने उल्लेख छ ।

लघुवित्तले संस्थाको नीति नियममा रहेर बचत तथा अन्य कारोबार संस्थाको प्रक्रिया बमोजिम गर्ने, संघर्ष समितिले प्रदान गरेको परिचयपत्र अनुसार सदस्यलाई  दबाव नदिने तर प्रोत्साहन गरी कर्जा तथा बचत असुली गर्ने लगायत सहमति भएको छन् ।

गत मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाको दलेली शाखामा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका कानेपोखरी गाउँपालिका– २ का रामबहादुर लिम्बु ,सोही स्थानका चन्द्रकला मगर र दिलिप झाँगड तथा उर्लाबारीका मिना रसाइली र राधा विश्वकर्मालाई पक्राउ गरेको थियो । सहमतिपछि पक्राउ परेकाहरु छुटेको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.