प्रहरी अधिकारीको रिटमा आन्तरिम आदेश दिन अस्वीकार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २०, बिहीबार १९:२०

काठमाडौं । नेपाल प्रहरीका एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)सहितका अधिकारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रहरी अधिकारीले उमेर हदअनुसार अवकाशमा नपठाउन माग गर्दै भदौ १२ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनीहरुको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन नमानेको हो ।

एआईजी श्यामलाल ज्ञवाली, डीआईजी (प्रहरी नायव महानिरीक्षक)हरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर (प्रहरी निरीक्षक) नागेन्द्र ठाकुरले दायर रिटको मुद्दालाई भने सर्वोच्चले अग्राधिकार दिएको छ । उमेर हदका कारण अवकाश हुन नहुने माग गर्दै अदालत पुगेका उनीहरुलाई प्रहरी किताबखानाले भने अवकाशको पत्र थमाइसकेको छ ।

सोही पत्र कार्यान्वयनमा रोक लगाउन उनीहरुले अन्तरिम आदेश माग गरेका थिए । एआईजी ज्ञवाली भदौ २७ गते उमेर हदका कारण अवकाशमा जाँदैछन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.