काेशी प्रदेश : मुख्यमन्त्रीले कार्यकक्षको वास्तु मिलाउँदा साढे १६ लाख खर्च

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २१, शुक्रबार १८:४२

विराटनगर । वास्तु शास्त्र अनुसार कोशी प्रदेशका मुख्यमन्त्रीको नयाँ कार्यकक्ष बनाउँदा प्रदेश सरकारको साढे १६ लाख खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दोस्रो तल्लामा रहेको कार्यकक्षलाई वास्तु मिल्नेगरी तेस्रो तल्लामा सार्दा राज्यकोषको १६ लाख ५३ हजार रुपैयाँ खर्च भएको हो ।

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले वास्तु मिल्नेगरी ज्योतिषीलाई देखाएर तेस्रो तल्लाको हलमा मुख्यमन्त्रीको कार्यकक्ष बनाएका थिए । तर उनी धेरै समय बस्न पाएनन् ।

नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्की अहिले सो कार्यकक्षमा बस्छन् । कार्यकक्ष बनाउनका लागि सरकारले ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये १६ लाख ५३ हजार ९१२ रुपैयाँ खर्च भयो । मुख्यमन्त्री कार्यालयले शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरलाई कार्यकक्ष बनाउने जिम्मेवारी दिएको थियो । मुख्यमन्त्री कार्यालयले सभाहल रिनाेभेसन शीर्षकको १० लाख र कार्यालयको भवन पूँजीगत सुधार खर्च शीर्षको २९ लाख ९० हजारको बजेट पठाएको थियो ।

शहरी विकासका निमित्त प्रमुख सुरेन्द्रकुमार सांवोका अनुसार हल रिनोभेसन शीर्षकको १० लाख मध्ये ९ लाख ३६ हजार ३८० रुपैयाँ र कार्यालय भवन पूँजीगत सुधार शीर्षकको ७ लाख १७ हजार ५३२ रुपैयाँ खर्च भएको छ । यो बजेटमा मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालय बनाइएको छ ।

तत्कालीन मुख्यमन्त्री कार्कीलाई धर्मगरु रामानुज नेपाललगायतले कार्यकक्षको वास्तु नमिलेको भन्दै जतिसक्दो चाडो सार्न सुझाव दिएका थिए । ‘त्यसबेला हतारहतारमा निर्माण त भयो तर धेरै समय बस्न पाउनु भएन,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।

२७ बैशाखमा तेस्रो पटक मुख्यमन्त्री बनेपछि हिक्मतकुमार कार्की नयाँ कार्यकक्षमा बसेका छन् । तेस्रो तल्लाको कार्यकक्ष बनिसकेका कारण नयाँ कार्यकक्ष प्रयोग गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।

यसअघिका मुख्यमन्त्रीले प्रयोग गर्ने कार्यकक्षमा भने प्रदेशका प्रमुख सचिव बस्छन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.