जेल गए सांसद धनबहादुर, ३३ वर्ष पुरानो मुद्दा के हो ?

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार १८:०१

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी ३३ वर्ष पुरानो कीर्ते मुद्दामा कारागार चलान भएका छन् ।

आइतबार रुकुम पूर्व जिल्ला अदालतमा हाजिर भएका उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए ।

खरेका अनुसार सांसद केसीलाई कारागार चलान गरेको मुद्दा ३३ वर्ष पुरानो कीर्ते मुद्दा हो ।

श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा दोषी ठहर भएका उनलाई एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला भएको थियो ।

साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।  तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् ।

उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.