प्रधानमन्त्रीले घटाए कर्मचारीकाे खाजा ‘ब्रेक’काे समय

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार ०५:४९

विराटनगर । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय कटौती भएकाे छ । कर्मचारीले खाजा खाने बहानामा बाहिर धेरै समय बस्ने गरेको गुनासो आएपछि सरकारले खाजा खाने समय आधा घण्टा घटाएको हो ।

आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले गराएकाे जानकारी अनुसार अब दिउँसो आधा घण्टा मात्रै खाजा खाने समय छुट्याइएको छ । अब खाजाको नयाँ समय दिउँसो १ बजे देखि २ बजेबाट घटाएर १ः३० देखि २ बजेसम्म तोकिनेछ । यसअघि १ बजेदेखि २ बजेसम्म थियाे ।

खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन् ।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ उनले लेखेका छन्,‘ अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.