अपराध र फौजदारी कार्यविधि संहितामा संशोधन आवश्यक : महान्यायाधिवक्ता

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १८:३०

विराटनगर । महान्यायाधिवक्ता रमेश बडालले मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

उच्च अदालत बार एसोसिएसन विराटनगरको आयोजनामा भएको मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको प्रयोगमा देखिएको समस्या विषयक छलफल कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै बडालले संशोधन आवश्यक रहेको उल्लेख गरेका हुन् । उनका अनुसार दुवै संहिता संशोधनका लागि महान्यायाधिवक्ताको कार्यालयले सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ ।

उक्त प्रतिवेदन संसदको हिउँदे अधिवेशनमा पेस गर्ने तयारी रहेको जानकारी बडालले दिए । ‘महान्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन तयार पारेर संशोधनको विषयलाई आफ्नो ‘वेबसाइट’मा राखिसकेको छ । संसदको हिउँदे अविधेशनमा पेस गर्ने तयारी छ,’ उनले भने, ‘दुवै संहितामा धेरै अमिल्दा विषयहरु छन् । संशोधनबाट सुधार हुने अपेक्षा गरेका छौं ।’

बडालले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ समेत संशोधनका लागि पहल भइरहेको उल्लेख गरे । उक्त दफाले कैदबापत रकम तिर्न सकिने व्यवस्था गरेको छ । १ वर्षसम्म कैद सजाय तोकिएको प्रतिवादीले कारागारमा नबसिकन कैदबापत रकम तिरेर छुट्नसक्ने लगायतका सुविधा कानुनले दिएको छ ।
उक्त दफा संशोधन गर्न व्यापक गृहकार्य र पहल भइरहेको बडाल बताउँछन् । ‘एन्टिसिपेटरी बेल’का सन्दर्भमा समेत छलफल गरेर संशोधन गर्न सकिने संकेत उनले गरेका छन् ।

फरक प्रसंगमा महान्यायाधिवक्ता बडालले नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० संशोधनको सन्दर्भ उल्लेख गर्दै कानुन व्यवसायीहरु करको दायराबाट भाग्न नहुने बताए । ‘अब प्रत्येक कानुन व्यवसायी करको दायराभित्र पर्ने छन्,’ उनले भने, ‘तपाईंहरु तयार रहनुस् ।’

कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेसहित वरिष्ठ अधिवक्ताहरु रमेश कोइराला, चूँडामणि आचार्य, सुरेशलाल श्रेष्ठ, शान्तिराम भण्डारी, डिल्लीबहादुर कार्की, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीलगायतका कानुन व्यवसायीहरु उपस्थित थिए ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले कानुनमा संशोधन आवश्यक देखिएका विषयहरु समेटेर तयार पारिएको पत्र महान्यायाधिवक्ता बडाललाई हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.