झापामा पूजाको प्रसाद खाँदा ‘फुड पोइजन’, गाउँ नै बिरामी

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार ०७:४७

विराटनगर । झापामा पूजाको प्रसादी खाँदा एउटा गाउँका अधिकांश बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी गाउँका अधिकांश बिरामी परेका हुन् ।

स्थानीय रीता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जना भन्दा बढीले प्रसाद खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको अर्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए ।

स्थानीय विद्या कटवालका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसादमा अलिक कम समस्या देखिएको छ । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या  छ,’ मुलुकी खबरसँग उनले भनिन्,’ गाउँका सबै बिरामी छन् ।’

कटवालका अनुसार पूजामा प्रसाद खाएकाे केही समयपछि सबैलाई वान्ता र झाडापखाला भएको थियो । ज्वरो पनि आएको छ । त्यसपछि राति नै स्थानीय क्लिनिक लगिएकाे थियाे ।  ‘हिजो राति स्थानीय क्लिनमा आएर स्लाइन चढाएर फर्कियौँ तर, निको भएन,’ उनले भनिन् ,‘  वान्ता, झाडापखाला नरोकिएपछि आज बिहानै आएका छाैं, ज्वरो पनि १०३, १०४ डिग्री छ ।’

पुजाको प्रसादीमा ‘फुड पोइजनिङ’ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.