आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार ०७:४९

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज (बिहीबार) मुलुकका विभिन्न प्रदेशमा भारी र अति भारी वर्षा हुने अनुमान गरिएको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले पहाडी भू–भागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । दिउँसो सुदूरपश्चिम प्रदेशमा साधरणदेखि पूर्णतः बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधरणतया बदली रहने अनुमान छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा धेरै भारीदेखी अति भारी वर्षा हुने अनुमान गरिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ । वर्षाका कारण आउने बाढी, पहिरोलगायतका प्रकोपबाट जोगिनलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.