
कानुन सबैलाई बराबर हो । कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । तर, कार्यान्वयनको पाटोलाई हेर्ने हो भने त्यस्तो देखिँदैन । समाजमा आतंक मच्चाउँदै सर्वसाधारणलाई त्रसित बनाई सम्पत्ति कमाउने कुत्सित मनसाय बोकेर खुलेआम हिँडिरहेकाहरुले छुट पाएका छन् । उनीहरुलाई नै राज्यको संरक्षण मिलेको छ ।
अर्कोतर्फ तिनै व्यक्ति सुधार अभियन्ता, समाजसेवी र राजनीतिक कार्यकर्ता भएर हिँड्छन् । पहेँलो वस्त्र धारण गरेर ‘धार्मिक व्यक्ति हुँ’ भन्ने पनि देखाउँछन् । समाजसेवा र राजनीतिको खोल ओढेर कानुनविपरीतका गतिविधि गर्छन् । कसैलाई सहयोग गरेजस्तो गरेर बाहिरी प्रचार गर्दै आमसर्वसाधारणको भावनामाथि खेल्छन् । तर, पर्दापछाडिको खेल भने खतरनाक छ । बाहिर देखाउने व्यवहार र भित्रभित्रै गर्ने धन्दा फरक छ ।
विराटनगरका गिरी आफूलाई अभियन्ता, समाजसेवी र राजनीतिक कार्यकर्ता दाबी गर्छन् । महान समाजसेवी बनेर हिँडिरहेका उनै गिरीले राजनैतिक संरक्षणमा अवैध असुली र ‘मिटरब्याज’को धन्दा चलाइरहेका छन् ।
यो विषयमा राज्य जानकार नभएको हैन । उल्टै तिनैको संरक्षक बनेजस्तो देखिन्छ । कारबाही अघि बढाउनुपर्नेमा ‘उजुरी परेको छैन’ भनेर बसिरहेको छ । उजुरी पर्खिएर बसिरहँदा हाम्रै वरिपरि कस्ताकस्ता अपराध भइसक्छन् भन्ने आकलन गरिएको छैन । हुन त त्यस्ता व्यक्तिविरुद्धको उजुरीमा प्रभावकारी कारबाही भएको पनि देखिँदैन ।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भइ जेल बसेर छुटेका अभिषेक गिरी अझै पनि कानुनविपरीतका गतिविधिमा संलग्न भइरहेको विभिन्न घटनाक्रमले देखाउँछ । विराटनगरका गिरी आफूलाई अभियन्ता, समाजसेवी र राजनीतिक कार्यकर्ता दाबी गर्छन् । महान समाजसेवी बनेर हिँडिरहेका उनै गिरीले राजनैतिक संरक्षणमा अवैध असुली र ‘मिटरब्याज’को धन्दा चलाइरहेका छन् ।
तर, प्रशासनले भने नजरअन्दाज गरिरहेको छ । उनका पूर्वसाझेदार विराटनगर महानगरपालिका–१५ का अनिल चौधरीलाई प्रहरीले साउन १४ गते नियन्त्रणमा लिएको थियो । गिरीलाई ३० लाखको चेक दिएपछि मात्रै चौधरी छुटे । उनीहरुबीचमा ३० लाखको लेनदेन हुनेगरी कस्तो कारोबार भएको थियोभन्ने कतै खुल्दैन ।
कारागार सुधार गृह हो । त्यहाँ बसेर निस्किएकाहरु सुध्रिएका कैयौं उदाहरण छन् । गिरी मोरङ कारागारको चौकीदार भइ सजाय भुक्तान गरेर छुटेका थिए । ‘असल चालचलन’ हुनुपर्ने चौकीदारले १ वर्षमा २ महिना बराबरको कैद छुट पाउने व्यवस्था छ । त्यो सुविधा लिएर कैद छुट पाउँदै जेलमुक्त भएका गिरी सुध्रिएनछन् । उनी पनि सुध्रिएर ‘सही समाजसेवी’ बनी निस्किएका भए कसैले औंला ठड्याउने कुरा हुँदैन थियो ।
बाहिर आएर पनि गैरकानुनी काम गरिरहेको देखिन्छ । केही दिनअघि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशनमा पनि उनको चुरीफुरी निक्कै देखिन्थ्यो । मानौं त्यो अनशनको सबै व्यवस्थापन उनैले गरेजस्तो झल्को मिल्थ्यो । कुनै भिडमा पुगेर त्यहाँको सहानुभूति बटुल्न गिरी माहिर छन् । अर्कोतर्फ आफ्नो स्वार्थ पूर्तिका लागि नेताले परिचालन गर्ने कुरा त छँदैछ ।
चौकीदार भइरहँदा उनले यातना दिँदै कैदीबन्दीसँग असुली गर्ने गरेको आरोप थियो । कारागारभित्रबाटै ‘मिटरब्याज’को धन्दा पनि चलाएको सुनिन्थ्यो । धन्दाका लागि बाहिर उनले केही सहयोगी छाडेका थिए । गिरीले अहिले पनि ‘मिटरब्याज’को धन्दा चलाइरहेका छन् भन्ने केही घटनाले पुष्टि गर्छ ।
मलाई सुरक्षा चाहियो । ‘मिटरब्याजी’ले गरेका कारोबारका धेरै कागजात मसँग छन् । हेर्नुहुन्छ भने ल्याइदिन्छु । त्यो सबै कागजपत्र अभिषेक गिरीका हुन् । गिरीको समूहबाट मजस्ता धेरै जना पीडित छन् ।
एकजना सेवाग्राही (सुरक्षाको दृष्टिकोणले सेवाग्राहीको नाम उल्लेख नगरिएको)ले केही दिनअघि जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेर गिरीको समूहबाट आफू असुरक्षित रहेको बताएका थिए । ‘म ‘मिटरब्याजी’बाट पीडित भएँ । मेरो ३०/३५ लाख खाइदिए । त्यो पैसा त जाओस् । पैसा १ दिन कमाइन्छ होला । तर, यहाँ त मेरो ज्यानमाथि खतरा भयो । मलाई सुरक्षा चाहियो । ‘मिटरब्याजी’ले गरेका कारोबारका धेरै कागजात मसँग छन् । हेर्नुहुन्छ भने ल्याइदिन्छु । त्यो सबै कागजपत्र अभिषेक गिरीका हुन् । गिरीको समूहबाट मजस्ता धेरै जना पीडित छन्,’ उनले भनेका थिए ।
गिरीबाट पीडित बनेकाले रुँदै भनेको कुरा प्रहरीले सुनेका छन् । तर, त्यो कागजात नियन्त्रणमा लिएर छानबिन गरियो कि गरिएन ? घटनाको अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइयो कि ल्याइएन ? यी प्रश्न उठिरहेका छन् । हुन त प्रहरीले अनुसन्धान गर्दैछ होला । कारबाहीको दायरामा पनि ल्याउला । आशा गरौं ।
विगतमा पनि उनीविरुद्ध कर्तव्य ज्यान, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा चलिसकेका छन् । डर, त्रास र धाकधम्की, मिटरब्याजको धन्दा, अकुत सम्पत्ति आर्जनलगायतमा उनीमाथि छानबिन एवं अनुसन्धान हुन आवश्यक देखिन्छ । गिरीले पछिल्लो समय के गरिरहेका छन् भनेर घामजस्तै छर्लङ्ग छ ।
गिरीले अकुत सम्पत्ति आर्जन गरेको चर्चा छ । उनी जेल बस्दा कसरी त्यति धेरै सम्पत्ति कमाउन सफल भए ? त्यो कहाँबाट आयो ? भनेर आमसर्वसाधारणले प्रश्न गरिरहेका छन् । हरेक हिसाबले हेर्दा गिरीले कानुनसंवत काम गरेको देखिँदैन । विगतमा पनि उनीविरुद्ध कर्तव्य ज्यान, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा चलिसकेका छन् । डर, त्रास र धाकधम्की, मिटरब्याजको धन्दा, अकुत सम्पत्ति आर्जनलगायतमा उनीमाथि छानबिन एवं अनुसन्धान हुन आवश्यक देखिन्छ । गिरीले पछिल्लो समय के गरिरहेका छन् भनेर घामजस्तै छर्लङ्ग छ ।
विराटनगरमा उनी मात्रै हैन, उनीजस्ता धेरै अभिषेकहरु छन् । उनीहरुको आयस्रोत केही देखिँदैन । तर, रवाफ सानो छैन । तिनीहरुले विराटनगरमा गुन्डगार्दीको पुनरागमन गर्न खोजेको देखिन्छ । केही वर्षयता विराटनगरमा गुन्डागर्दीले टाउको उठाउन पाएको थिएन । तर, अहिले फेरि सुरु हुन लागेको छनक मिलेको छ ।
समाजमा अराजकता र आतंक मच्चाउनेमाथि राज्यले निगरानी बढाउनुपर्छ । गैरकानुनी गतिविधि गरेमा कारबाही गर्नुपर्छ । समाजसेवाको नाममा हुने ‘अनेक गतिविधि’मा रोक लगाउनुपर्छ ।
अपराधमा संलग्नले नै गुन्डागर्दी गर्ने हो । त्यो समूहले भोलिका दिनमा ठूलै घटना गराउने संकेत मिलेको छ । गुन्डागर्दीको राज फर्काउन खोज्नेहरुले कस्ता योजना बनाउँदैछन् र के गरिरहेका छन् भनेर स्थानीय प्रशासन जानकार नै होला । यदि छैन भने अबदेखि उनीहरुका हरेक गतिविधि प्रशासनको ‘रेकर्ड’मा रहनुपर्छ ।
कानुनभन्दा माथि कोही पनि छैन । सबैलाई कानुनले बाँधेको छ । समाजमा अराजकता र आतंक मच्चाउनेमाथि राज्यले निगरानी बढाउनुपर्छ । गैरकानुनी गतिविधि गरेमा कारबाही गर्नुपर्छ । समाजसेवाको नाममा हुने ‘अनेक गतिविधि’मा रोक लगाउनुपर्छ । त्यही भएर सबैले भन्न थालेका छन्, ‘अभिषेकहरुका गैरकानुनी गतिविधिमाथि निगरानी बढाउ ।’

























