
काठमाडौं । गृहमन्त्रीले रमेश लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई मन्त्री लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरूप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएको बताइएको छ । मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ ।

























