विद्यालयमा दलगत प्यानल, माओवादीले हरायो गठबन्धन

Share this
826shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार २०:१३

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका– १ होक्लाबारीमा विद्यालय व्यवस्थापन समितिको सदस्य छान्नका लागि दलगत समूहबीच प्रतिस्पर्धा भएको छ ।

श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको चार सदस्य छनोटका लागि कांग्रेस एमाले गठबन्धन र माओवादी केन्द्रले प्यानल बनाएर प्रतिस्पर्धा गरेका हुन् । निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।

समितिका चार सदस्यका लागि आइतबार निर्वाचन भएको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमा २१३ मत खसेको थियो ।

चुनावमा माओवादी केन्द्रबाट डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु  निर्वाचित भए । माओवादी केन्द्रका उम्मेद्वारहरुले १२२ मत ल्याएका थिए ।

कांग्रेस–एमाले गठबन्धनबाट दुर्गा भण्डारी (कांग्रेस), शान्ता लिम्बू (एमाले), पर्मिला हेम्रङ (एमाले) र इन्दु बस्नेत (कांग्रेस) उम्मेद्वार बनेका थिए । उनीहरूले ७२ मत ल्याए, स्वतन्त्र उम्मेद्वारले ७ मत ल्याएका थिए ।

सदस्यको निर्वाचनमा गठबन्धनको चुनाव चिन्ह कलम थियो । माओवादीले चुनाव चिन्ह खुल्ला किताब पाएको थियो ।

निर्वाचित चार सदस्य मध्येबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष छानिने छन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.