
विराटनगर । कोशीसहित ३ प्रदेशका केही स्थानमा आज (सोमबार) राति भारी वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ ।
मनसुनी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षा हुने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।
देशको पहाडी भू–भागका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । वर्षाका कारण बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम रहने भन्दै सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

























