
विराटनगर । मनसुन सक्रिय भएपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेड अलर्ट (उच्च जोखिमको सम्भावना) जारी गरेको छ । विषण वर्षाको सम्भावना रहेका देशभरका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो ।
महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।
असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने अनुमान छ ।
मौसम विभागले उच्च जोखिम रहेका कारण सतर्कता अपनाउन आग्रह गरेको छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । मौसमविदले उच्च सतर्कता अपनाउँदै पूर्व तयारी गर्न पनि आग्रह गरेको छ ।

























