कोशीमा सबैभन्दा धेरै वर्षा

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार १३:३०

विराटनगर । कोशी प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको जनाइएको छ । पछिल्लो २४ घण्टामा कोशी प्रदेशमा सबैभन्दा बढी वर्षा मापन भएको हो ।

निरन्तरको वर्षाले मुलुकभर १६ स्थानमा चेतावनीको तह पार गरेको छ । वर्षा मापन केन्द्र रहेका स्थानमा मापन गरिएको वर्षाको अवस्थाले १६ ठाउँमा चेतावनीको तह पार गरेको देखाएको हो ।

चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये अधिकांश कोशी प्रदेशमा छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा अत्यधिक वर्षाको मापन भएको छ ।

त्यसपछि मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ । कोशी प्रदेशको मोरङको हरैँचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई, मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गर्ने गरी वर्षा भएको हो ।

मधेस प्रदेशमा सप्तरीको बरमझिया, रुपानी बजार तथा लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चलेमा वर्षाले चेतावनीको तह पार गरेको हो । विभागका अनुसार अहिले देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा २३२.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै केचनामा २१२, अनारमनी बिर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ । इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ ।

जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार गरेर दुई दिन हिमाली तथा पहाडी जिल्लामा रात्रि बस नचलाउन निर्देशन दिइसकेको छ ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.