
विराटनगर । मेची राजमार्ग अवरुद्ध भएको छ । फिदिम– ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएपछि राजमार्ग अवरद्ध भएको हो ।
बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको बगाएको स्थानीयले जनाएका छन् । गत वर्ष असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाए पछि सोही स्थानमा अस्थायी ब्रिज बनाइएको थियो ।
ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ। फिदिम फालोट सडकमा पर्ने फेमे खोलाको पुल पनि बाढीले बगाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धनकुटाको भेडेटारबाट पाँचथरको रवि र राँके जोड्ने सडकको धेरै ठाँउमा खसेको पहिरोले यातायात अवरुद्ध भएको छ । तमोर करिडोर सडक खण्डमा पहिरो खसेको छ ।

























