काेशी ब्यारेजमा पानीकाे बहाव ५ लाख क्युसेक नाघ्यो, साढे ६ लाख कट्ने अनुमान

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १२:५०

विराटनगर । कोशी ब्यारेजमा नदीको बहाव ५ लाख ८  हजार क्यूसेक मापन भएको छ । शनिबार १२ बजे ५ लाख ८ हजार क्युसेक मापन भएको हो ।

काेशीकाे बहाव  पछिल्लाे दुई वर्षयता कै उच्च हाे । बाढीले उच्च खतराको तह पार गरेपछि पुलमा पैदल यात्रीलाई हिड्न रोक लगाइएको छ । सवारी आवागमन भने खुला छ ।

ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको छ । काेशी ब्यारेजमा ५६  ढाेका छन् ।

भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले सूचना जारी गर्दै कोशीमा बाढीको मापद मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्ला सुरक्षा सम्यन्त्रलाई पनि सतर्क रहन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.